साउदी युवराज पाकिस्तान आउने

५ बर्ष अगाडि

इस्लामावाद – साउदी अरबका युवराज मोहम्मद बिन सलमानले यही महिना पाकिस्तानको भ्रमण गर्नुहुने भएको छ । 

दुई दिने भ्रमणका लागि उहाँ यही फेब्रुअरी १६ तारिखका दिन शनिबार पाकिस्तानको राजधानी शहर इस्लामावाद आउने कार्यक्रम तय भएको अधिकारीहरुले जनाएका छन् । 

पाकिस्तानका लागि साउदी अरबका राजदूत नवाफ बिन सइद अल मालिकीले सोमबार युवराज सलमानको भ्रमणको पुष्टि गर्नुभएको हो । 

भ्रमणको सुरक्षा व्यवस्थाका लागि सुरक्षा टोलीको एक समूह सोमबार नै इस्लामावाद आइसकेका उहाँले बताउनु भयो । 

त्यसैगरी स्वास्थ्यकर्मी र संचारकर्मीहरुको टोली पनि सोमबार नै इस्लामावाद आईसकेको उहाँलाई उद्धृत गर्दै विभिन्न सञ्चार माध्यमहरुले जनाएका छन् । 

भ्रमणका क्रममा उहाँले आर्थिक सहायतसँगै व्यापार र दुई पक्षीय सम्वन्धका बारेमा पनि सम्झौता र छलफहरु गर्नुहुने जनाइएको छ । अहिलेको व्यापार सम्झौता पाकिस्तानको इतिहासमै सवै भन्दा ठूलो हुने बताइएको छ । 

त्यसैगरी यमन, अफगानिस्तानको संकट र त्यहाँ भइरहेको शान्ति वार्ताका प्रयासहरुका बारेमा पनि युवराज सलमान र पाकिस्तानी उच्च अधिकारीहरुले छलफल गर्नुहुने अधिकारीहरुले बताएका छन् । 

गत बर्षको अक्टोबरमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानको साउदी अरब भ्रमणका क्रममा साउदी अरबको तर्फबाट व्यापार तथा सहयोग सम्वन्धि प्रतिबद्धता व्यक्त भएको थियो । 

५ बर्ष अगाडि

प्रतिक्रिया