जीओ अटोमोवाइल्सले ल्यायो नयाँ आकर्षक गाडी नेपाली बजारमा

५ बर्ष अगाडि

काठमाडौं–नेपालका लागि फोर्ड गाडीका आधिकारीक विक्रेता जि.ओ अटोमोवाइल्सले विश्व विख्यात फोर्ड मस्ताङ्गको अनावरण गरेको छ । 
गत वर्ष नाडा अटो शोमा फोर्ड मस्ताङ्ग प्रदर्शन गर्दा गाडीका पारखीहरुद्धारा उत्साहजनक प्रतिक्रिया प्राप्त गरेपछि कम्पनीले उक्त गाडी नेपाल भित्र्याएको हो ।  फोर्ड मुस्ताङ्ग विश्वमा नै आफ्नो स्टाइल , कार्यकौशलता , शक्तिशाली ईन्जिनको लागि प्रख्यात छ । 
            यो मोडललाई अमेरिकन आईकनको रुपमा लिइन्छ । जेम्स वण्डको फिल्म देखि धेरै हलिउड फिल्महरुमा यो मोडलको व्यापक प्रयोग गरेको देखिन्छ ।
फोर्ड मस्ताङ्गमा ५.० लिटर , भी८  ईन्जिन जडान गरिएको कम्पनीको भनाई छ, जसले ४५० पीएस पावरको शक्ति प्रदान गर्दछ । 
एप्पल कारप्ले र एण्ड्रोइड अटोसँग कम्पाइटिवल हुने सिस्टम राखेको नयाँ फोर्ड मस्ताङ्गमा फोर्ड एसवाईएनसी ३  कम्युनिकेशन मार्फत भ्वाइस कमान्डद्धारा विभिन्न कन्ट्रोलहरु चलाउन सकिने बताइएको छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया