दक्षिण कोरियाका अधिकारकर्मीको एक समूह उत्तर कोरियामा

५ बर्ष अगाडि

सोल – दक्षिण कोरियाका नागरिक अधिकारकर्मीको एक समूहले मङ्गलबार उत्तर कोरियाको भ्रमण शुरु गरेका छन् । 

नयाँ वर्षको अवसरमा दुवै देशका तर्फबाट संयुक्त कार्यक्रम प्रस्तुत गर्न तथा दुई देशबीचको अन्य विषयगत रुपमा आवश्यक परामर्शका लागि सो समूहले उत्तर कोरियाको भ्रमणमा गएका हुन् । 

मङ्गलबार उत्तर कोरियाको भ्रमणका लागि पुगेका सो समूहमा २५० जना सहभागी रहेका बताइएको छ । सो समूहमा श्रम सम्बन्धी संगठनका प्रतिनिधिहरु, प्रमुख धार्मिक संघ संस्थाका प्रतिनिधि, महिला तथा किसान आदि रहेका थिए । 

साथै यस समूहमा दक्षिण कोरियाका केही सांसद, पत्रकार र सहयोगी सदस्यहरु रहेका थिए । यो समूहलाई नै यो वर्ष अर्थात् सन् २०१९ मा दुई कोरियाका तर्फबाट गरिएको पहिलो संयुक्त समूहका रुपमा लिइएको छ । 

यस वर्ष पनि यी दुवै देशका तर्फबाट उत्तर कोरियाका संयुक्त कार्यक्रम प्रस्तुत गर्ने तयारी गरिएको छ । सोही प्रयोजनका लागि विभिन्न क्षेत्र र व्यावसायका नागरिकले उत्तरको भ्रमण गरेका हुन् । 

सो भ्रमणका क्रममा उनीहरुले मङ्गलबार उक्त संयुक्त कार्यक्रमका बारेमा आवश्यक छलफल एवम् परामर्श गरेका थिए । परामर्शका क्रममा उनीहरुले सो संयुक्त कार्यक्रम के कसरी तयारी र प्रस्तुत गर्ने भन्ने बारेमा छलफल गरेका थिए । 

उक्त समूहका सदस्यहरुले आ–आफ्नो क्षेत्रका उत्तर कोरियाली विभिन्न व्यक्ति तथा पदाधिकारीहरुसँग पनि भेटवार्ता गरेका थिए । उनीहरुले त्यहाँका नेताहरुसँग पनि शिष्टाचार भेट गरेका थिए । 

उनीहरु दुवै देशको संयुक्त सदस्यहरुसँग विभिन्न क्षेत्रको दृश्यावलोकनका साथै अन्य कार्यक्रमहरु पनि गरेका थिए । 

५ बर्ष अगाडि

प्रतिक्रिया