सिरियामा भएको आक्रमणका ७० जना हताहत

५ बर्ष अगाडि

दमासकस – सिरियाको पूर्वी क्षेत्रमा भएको हवाई आक्रमणमा परी मृत्यु र घाइते हुनेको संख्या करिब ७० पुगेको अधिकारीहरुले बताएका छन् । 

अमेरिका नेतृत्वको सेनाले मङ्गलबार आक्रमण गरेको अधिकारीहरुलाई उद्धृत गर्दै राज्यद्धारा सञ्चालित टेलिभिजनले जनाएको छ । 

पूर्वी ग्रामीण क्षेत्र डेइर अल जौरमा विस्थापित व्यक्तिहरुलाई लक्षित गरी हवाई आक्रमण भएको बताइएको छ । घटनास्थल इस्लामिक स्टेट्स (आइएस) लडाकूहरुको प्रभाव रहेको क्षेत्र मानिन्छ । 

अमेरिका नेतृत्वको सिरियाली डेमोक्र्याटीक फोर्स (एसडीएफ) ले गत शनिबारदेखि आइएस लडाकू विरुद्धको अन्तिम कारबाही भन्दै आक्रमण सुरु गरेको थियो । 

५ बर्ष अगाडि

प्रतिक्रिया