स्विट्जरल्यान्डबाट आएकाे सुपर कम्प्युटरले काम पाएन

५ बर्ष अगाडि

 काठमाडौं - छ महिनाअघि बनेपास्थित सूचना प्रविधि पार्कमा एक सुपर कम्प्युटर भित्रियो। मुलुकमा सबैभन्दा शक्तिशाली कम्प्युटर स्विट्जरल्यान्डबाट आउन त आयो तर काम नपाएर यो बेकामे बनेको छ। अब यसलाई के काम दिने भन्ने समस्या उत्पन्न भएको काठमाडौं विश्वविद्यालयका उपप्राध्यापक मनोज शाक्यले बताए। ‘हामीसँग यति ठूला डाटा उपलब्ध छैनन्,’ शाक्यले भने, ‘यसलाई कसरी चलाउने भन्ने समस्या छ।’

स्विट्जरल्यान्डको जेनेभामा रहेको विश्वप्रसिद्ध वैज्ञानिक अनुसन्धान प्रयोगशाला युरोपियन ल्याबोरेटरी फर पाटिकल फिजिक्स (सर्न) ले यो कम्प्युटर नेपाल सरकारलाई उपहारका रुपमा प्रदान गरेको हो। सर्वसाधारणले बुझ्ने भाषामा सुपर कम्प्युटर भनिए पनि यसलाई ‘हाइ परफरमेन्स कम्प्युटिङ’ (एचपिसी) भनिन्छ। यसलाई अहिले काठमाडौं विश्वविद्यालय मातहत आइटी पार्कमा राखिएको छ।

यो कम्प्युटर सञ्चालनका लागि दुई तरिकाबाट समस्या भइरहेको शाक्यले बताए। पहिलो, दिगो सञ्चालनका लागि ठूलो खर्च लाग्छ। यो कम्प्युटरलाई पूर्णक्षमतामा चलाउन नियमित रुपमा २ सय केबी विद्युत् सप्लाई गर्नुपर्छ। २४ सै घण्टा विद्युत् दिइरहनु पर्ने यो कम्प्युटरको विद्युत् खर्च मात्र मासिक झन्डै ४ लाख हुन्छ। नयाँ पत्रिकामा खबर छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया