‘चीन र रूसबीचको सम्बन्ध थप घनिष्ठ’

५ बर्ष अगाडि

बेइजिङ – चीनले रूससँगको आफ्नो सम्बन्ध सन् २०१९ मा नयाँ उचाइमा पु¥याउन चाहेको रूसका लागि चिनियाँ राजदूत ली हुईले बताउनुभएको छ । 

मङ्गलबार आफ्नो हस्ताक्षरमा पिपल्स डेलीमा एक लेख प्रकाशित गर्दै सन् २०१९ मा चीन–रूसबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० बर्ष मनाउँदै गर्दा दुई मुलुकले सम्बन्धलाई थप प्रगाढ पार्नेछ । विभिन्न ऋङ्खलावद्ध उत्सवका कार्यक्रमको आयोजना गरी सम्बन्धलाई थप विस्तार गरिने उहाँले बताउनुभयो । 

दुई मुलुकका उच्च नेताहरूबीच भएका महत्वपूर्ण सहमतिलाई मनन गर्दै बेइजिङ र मस्कोले ‘बेल्ट एण्ड रोड इनिसियटिभ’ तथा यूरोसियन इकोनोमिक युनियनबीच सहकार्य गर्ने, र दुई देश र यहाँका जनताबीच परम्परागत मैत्रीपूर्ण सम्बन्धलाई बलियो बनाउनेतर्फ चीन प्रतिवद्ध रहेको उल्लेख लीले गर्नुभएको छ । 

दुई मुलुकले हातमा हात मिलाएर सम्बन्धलाई पुनर्जीवन दिनुपर्ने र अन्तर्राष्ट्रिय सम्बन्धमा नया नमूना विकास गर्नुपर्ने उहाँको जोड रहेको थियो । 

सन् २०१८ लाई दुईपक्षीय सम्बन्ध विकासको बर्षका रूपमा मनाएको र सहकार्यबाट दुई देशको व्यापारमा सन् २०१७ को तुलनामा २७ प्रतिशतको वृद्धि आएको राजदूत लीले बताउनुभयो । सन् २०१८ मा चीन र अमेरिकाबीच एक खर्ब सात अर्ब अमेरिकी डलर बराबरको व्यापारिक कारोबार भएको थियो । 

५ बर्ष अगाडि

प्रतिक्रिया