रक्त क्यान्सरका बिरामीलाई छुट्टै वार्ड

५ बर्ष अगाडि

रत्ननगर – भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रक्त क्यान्सरका बिरामीका लागि छुट्टै वार्ड सञ्चालनमा आएको छ । 

रक्त क्यान्सरका बिरामीलाई अन्य बिरामीसँग एउटै वार्डमा राखेर उपचार गर्नुपर्दा सङ्क्रमणको बढी जोखिम हुने भएकाले छुट्टै वार्डको व्यवस्था गरिएको हो । अस्पतालले माघ १५ गतेदेखि रक्त क्यान्सरका बिरामीलाई छुट्टाछुट्टै कोठासहितको २७ श्ययाको क्याबिन र जनरलसहितको श्यया सञ्चालनमा ल्याएको छ । 

यसअघि अस्पतालमा बिरामीको अत्याधिक चापका कारण बेड नपुगेर केमोथेरापी गर्नुपर्ने क्यान्सर रोगीलाई अन्य अस्पतालमा पठाउने गरिएको थियो । क्यान्सरका बिरामीको प्रभावकारी उपचार गर्न अस्पतालको बेड क्षमतालाई विस्तार गरी सेवा प्रदान गर्न शुरु गरिएको अस्पतालका कार्यकारी निर्देशक विजयचन्द्र आर्चायले जानकारी दिनुभयो । 

“अहिले बेडको क्षमता नपुगेर बिरामीलाई भर्ना नगरी फर्काउनुपर्ने अवस्था छैन”, उहाँले भन्नुभयो, “जोखिम न्यूनीकरण गर्न मेडिकल अङ्कोलोजीमा रक्तक्यान्सरका बिरमीका लागि छुट्टै वार्डबाट सेवा दिन शुरु गरेका छौ ।” निर्देशक आचार्यका अनुसार यसअघि बेड अभावका कारण केमोथेरापी लिन आएका बिरामीलाई फिर्ता पठाउनुपर्ने बाध्यता थियो । 

रक्त क्यान्सरका विरामीलाई नियमित केमो दिनुपर्ने, लामो समयसम्म उपचार गर्नुपर्ने र सुरक्षित ढङ्गबाट उपचार गर्नुपर्ने भएकाले छुट्टै वार्ड सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो । 


 

५ बर्ष अगाडि

प्रतिक्रिया