कामना सेवा विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा प्रविण बस्नेत नियुक्ति

५ बर्ष अगाडि

काठमाडौँ – कामना सेवा विकास बैंक लिमिटेडको २६५औ संचालक समितिको बैठकको निर्णयअनुसार फागुन ०१ गते देखि लागु हुने गरि बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा चार्टर्ड एकउन्टेन्ट श्री प्रविण बस्नेतलाई नियुक्त गरिएको छ  ।

विगत१८ वर्ष कार्यानुभव मध्ये१३ वर्ष देखि विभिन्न वाणिज्य बैंकहरुकोमहत्वपूर्ण जिम्मेवारीसम्हालेको अनुभव सहित २०७५ साल भदौ १ गते देखि कामना सेवाविकास बैंकमा नायवप्रमुख कार्यकारी अधिकृत पदमा प्रवेश गर्नु भएको थियो्र २०७५ साल मङ्सिर ८ गते  देखि कामु। प्रमुख कार्यकारी अधिकृतको रुपमा बैंकलाई नेतृत्व दिँदै आउनु भएका बस्नेत यस अघि नविल बैंक, एनबी बैंक, एन आइ सीएशिया बैंक र माछापुच्छ्रे बैंकमा आवद्ध रहनु भएको थियो । बस्नेत बैंकिंग क्षेत्रमा कन्ट्रोल्ड एग्रेशन सहितको नवीनतम प्रणालीको प्रयोग गर्दै यस क्षेत्रलाई नँया उचाईमा पुर्याउनु पर्छ भन्ने मान्यता राख्नु हुन्छ ।

काठमाण्डौ – ३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले सेवाग्राही सहजतालाई शिरोपर गर्दैतथा उत्कृष्ट जनशक्ति सहायताबाट गुणस्तरीय ग्राहकमुखि सेवाहरु देशको विभिन्न भागहरुमा ६४वटा शाखा तथा १७ वटा ATM मार्फत ग्राहकहरुलाई आफ्नो सेवाहरु प्रदान गर्दै आएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया