नेप्सेमा एकैदिन ५४ लाख ७७ हजार कित्ता सेयर सूचीकृत

५ बर्ष अगाडि

काठमाडौं–नेपाल स्टक एक्सचेन्जमा एकैदिन ५४ लाख ७७ हजार ५ सय २९.६६ कित्ता बोनस सेयर सूचीकृत भएको छ । 

जसमा मूक्तिनाथ विकास बैंकको ४७ लाख २९ हजार ९ सय ६८.६ कित्ता बोनस सेयर र वेस्टर्न डेभलपमेन्ट बैंकको ७ लाख ४७ हजार ५ सय ६१.६ कित्ता बोनस सेयर सूचीकृत भएको हो । 
मुक्तिनाथले गत मंसिरमा आफ्नो साधारणसभाबाट १८.२५ प्रतिशत बोनस सेयर पारित गराएको थियो । सोही सेयर नेप्सेमा सुचिकृत भएको हो ।
 यस्तै  वेस्टर्न डेभलपमेन्ट बैंकले पनि आफ्नो साधारण सभामा १४.४१ प्रतिशत बोनस सेयर पारित गराएको थियो ।

५ बर्ष अगाडि

प्रतिक्रिया