धमाका मच्चाउँदै प्रियंकाले गरिन् 'रोमान्टिक छुु'मा गज्जबको नृत्य

५ बर्ष अगाडि

काठमाडौँ  – चर्चित गायक आशिष गौतम सचिनको चर्चा अहिले उत्कर्षमा छ । पिरिम नलाउने बोलको गीतले हंगामा पिटेसँगै आशिष र अञ्जु पन्तको स्वरमा रहेको गीत रोमान्टिक छु बोलको गीतको भिडियोले पनि राम्रो चर्चा र प्रतिक्रिया बटुलीरहेको छ । 

भिडियोमा चर्चित नायिका प्रियंका कार्कीको अहिलेसम्मकै धमाकेदार अभिनय रहेको छ । जसमा नायिका कार्कीलाई भिजु पार्कीले अभिनयमा साथ दिएका छन् । 

नृपेश उप्रेतीका शब्द शृजना समावेश गीतमा संगीत चर्चित संगीतकार अर्जुन पोखरेलले भरेका छन् । गम्भिर विष्टको कोरियोग्राफी रहेको भिडियोको निर्देशन सुब्रतराज आचार्यले गरेका हुन् । 

उत्सव दाहालको छायांकन रहेको भिडियोको सम्पादन भरत दाहालले गरेका हुन् । जुन गीतमा नायिका कार्की अत्यन्तै खुलेर गरेको नृत्यले राम्रो चर्चा पाइरहको छ ।  भिडियोलाई ओ एस आर डिजिटलको यु ट्युब च्यानलबाट सार्वजनिक गरेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया