एनएमबी बैंकले बेलायतबाट ल्यायो १ करोड ५० लाख अमेरिकी डलर

५ बर्ष अगाडि

काठमाडौं । एनएमबी बैंकले बेलायतको सिडिसि ग्रुपबाट १ करोड ५० लाख बराबरको कर्जा भ्यिाएको छ ।

बैंकले हिजो बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार विदेशी वित्तीय संस्थाबाट ऋण भित्र्याउने पहिलो बैंक आफूहरु भएको जनाएको हो ।

सिडिसि ग्रुप बेलायत सरकारको पूर्ण स्वामित्वमा रहेको वित्तीय संस्था हो । यो संस्थाले सव साहारा अफ्रिका तथा दक्षिण एशियाका देशमा समेत रोजगारी सिर्जना गरी आर्थिक विकास गर्ने उद्देश्य राखेको छ ।

सिडिसिले एनएमबी बैंकको स्थलगत भ्रमण मार्फत बैंकको योजना, क्षमताको समिक्षालगायतका विस्तृत अध्ययन गरी लगानीका लागि प्रतिवद्धता जनाएको हो ।

नेपाल राष्ट्र बैंकले जारी विदेशी लगानी सम्बन्धी नीतिगत व्यवस्थालाई पूर्ण रुपमा उपयोग गरी देशमा फेरी पनि विदेशी लगानी भित्र्याउन सफल भएको जनाएको छ ।

उक्त रकमले विगत लामो समयदेखि देखिदै आएको तरलताको समाधानका लागि सहयोग पुग्ने र पूर्वाधार विकास, कृषि तथा साना मझौला, लघु कर्जा र विदेशी मुद्रा आर्जन हुने पर्यटन तथा जलविद्युत् क्षेत्रमा लगानी गरी दिगो विकासमा सहयोग पुग्ने विश्वास गरिएको छ ।

एनएमबी बैंकले सिडिसिलगायत विभिन्न तीन वटा संस्थाबाट यस प्रकारको कर्जा लगानी भित्र्याएको छ । यस्तो कर्जा लगानी भित्र्याउने एनएमबी बैंक नेपालको पहिलो बैंक हो । सो बैंकले बेलायत स्थित फाइनान्सिउल टाइम्सबाट लगातार यस वर्ष पनि बैंक अफ दि एयर २०१८ को सम्मान प्राप्त गरेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया