जब मान्छेजत्रो भ्यागुतो भेटियो !

५ बर्ष अगाडि

इन्टरनेटमा भाइरल भएको मान्छेजत्रो भ्यागुतोको फोटो वास्तविक भएको वन्यजन्तु विशेषज्ञ डेभिड स्टिनले पुष्टि गरेका छन्। केहि वर्ष अघि भ्यागुताको यो फोटो  इन्टरनेटमा पोष्ट गरिएको थियो। त्यसलगत्तै यसलाई झण्डै ३ लाख पटक शेयर गरिएको थियो। अमेरिकाको टेक्सासमा भेटिएको भनिएको यो भ्यागुतोको तौल ६ किलो भएको बताइएको थियो।
 
तर, वन्यजन्तु विशेषज्ञ डेभिडका अनुसार यो भ्यागुतो त्यति ठूलो भने हैन। यसलाई फोटो खिच्ने बेला क्यामेरा ट्रिक प्रयोग गरेर ठूलो देखाइएको थियो। डेभिडका अनुसार यो फोटो खिच्दा फोटोमा भएका व्यक्ति क्यामेराबाट निकै टाढा रहेको तर भ्यागुतोलाई तारको सहायताले क्यामेराको निकै नजिक ल्याएर ठूलो देखाइएको छ। उनका अनुसार यो बुलफ्रग जातको भ्यागुतो हो। अहिलेसम्म सबैभन्दा ठूलो बुलफ्रग ६ इन्चको भेटिएको छ जसको तौल १ किलो थियो। एजेन्सी।
 

५ बर्ष अगाडि

प्रतिक्रिया