हावाबाट पनि आम्दानी गर्न सकिन्छ–प्रम ओली

५ बर्ष अगाडि

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो १ वर्षे कार्यकालमा विपक्षीहरुले धेरै आलोचना गरे पनि जनताको पक्षमा दूरगामी महत्वका काम भएको बताउनुभएको छ ।

सरकार गठन भएको १ वर्ष पुगेको अवसरमा बिहीबार सिंहदरवारमा आयोजित ‘वर्तमान सरकारको एक वर्ष, संघीयता, सुशासन र समृद्धिको आधार वर्ष’ विषयक कार्यक्रममा उहाँले यसबीचका प्रगतिले विश्व चकित भएको दाबी गर्नुभयो ।

संसदको बैठक नबोलाएको अवस्थामा गत साल फागुन ३ गते आवश्यक मत लिएर ओली राष्ट्रपतिको सिफारिसमा प्रधानमन्त्री बन्नुभएको थियो ।
अस्थायी र ९ महिने सरकार हेर्ने बानी परेकालाई यो परिस्थिति नपचेको भन्दै प्रधानमन्त्री ओलीले भन्नुभयो–‘अब सरकार फेरिदैँन, त्यसैले हेराई र आफ्नो बानी फेर्नुपर्छ, सरकार सबैसँग गहिरो मित्रता राख्दछ, कसैसँग पनि शत्रुता कायम राख्दैन ।

‘छिमेकी नीति र परराष्ट्र नीतिमा उल्लेखनीय प्रगति भएको र विश्वले सकारात्मक रुपमा लिएको बताउँदै उहाँले थप्नुभयो–नयाँ उद्योग स्थापना हुँदै गरेका छन्, विदेशी लगानीको वातावरण बन्दै आएको छ, विदेशिने नेपालीको संख्यामा ३९ दशमलव १ प्रतिशत कमी आएको छ, भूकम्पपछिको पुननिर्माणले गति लिएको छ ।’ नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया