भ्रष्टाचारीलाई जोगाउन सरकारले समिति गठन गरेको छ : गोपालमान श्रेष्ठ

५ बर्ष अगाडि

स्याङ्जा –  नेपाली काङ्ग्रेसका नेता गोपालमान श्रेष्ठले सरकार भ्रष्टाचारीलाई जोगाउन लागिपरेको आरोप लगाउनुभएको छ । 

सरकारले वाइडबडी विमान खरीद प्रकरणका दोषीलाई जोगाउनकै लागि छानबिन समिति गठन गरेको बताउनुभयो । वालिङ उद्योग वाणिज्य सङ्घद्वारा आयोजित सातौँ महोत्सवको समापन समारोहमा श्रेष्ठले भन्नुभयो, “कम्युनिष्ट सरकार गठन भएको एक वर्ष भयो, मुलुकमा महँगी र भ्रष्टाचार दिनानुदिन बढ्दै गएको छ, सरकारले ठूला माछा समाउन सकेको छैन ।” 

निर्वाचनमा काङ्ग्रेस पराजित हुनुको कारण कसैलाई दोष नलगाउने भन्दै उहाँले भन्नुभयो, “आफ्नैका कारण हार बेहोर्नुप¥यो ।” काङ्ग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले नेपाल समृद्धिको नाममा छट्पटाइरहेको बताउनुभयो । 

महोत्सव अवधिभर पाँच लाख बढी दर्शकले अवलोकन गरेका छन् भने रु २० करोड बढीको आर्थिक कारोवार भएको सङ्घका अध्यक्ष एवं आयोजक मूलसमिति संयोजक शोभाकान्त पौडेलले जानकारी दिनुभयो । माघ १७ गतेदेखि शुरु भएको महोत्सव माघ २८ गतेसम्मका लागि आयोजना गरिए पनि वर्षाका कारण दुई दिन स्थगन हँदै तीन दिन थप गरी शुक्रबार समापन गरिएको हो । 

५ बर्ष अगाडि

प्रतिक्रिया