काठमाडौं मल अब सञ्चय कोष आफैले सञ्चालन गर्ने, के होला व्यापारीको भविष्य

५ बर्ष अगाडि

काठमाडौं – काठमाडौंको सुन्धारामा रहेको काठमाडौं मल कर्मचारी सञ्चय कोष आफैले सञ्चालन गर्ने तयारी गरेको छ ।

कोषले पसल–कवल भाडामा लिएर व्यवसाय गरिरहेका व्यापारीलाई हटाउन लागेको छ  । कोषले काठमाडौं मल आफैले सञ्चालन गर्न लागेको कोषले जनाएको छ ।

डन राजु गोरखालीले ठेक्का लिएर चलाएदेखि थला परेको काठमाडौं मलमा भएका सबै पसल हटाएर अब बैङ्क तथा वित्तीय संस्था, सरकारी कार्यालयजस्ता कर्पोरेट अफिसलाई मात्र भाडामा दिने तयारी गरिएको छ ।

काठमाडौं मलमा समस्या आएपछि कोषले नै  सञ्चालन गर्ने तयारी थालेको छ । गत पुसदेखि गोरखाली पक्षसँगको ठेक्का तोडिएको थियो ।  डन गोरखालीका कारण एकातिर भवनको बेहाल भएको थियो भने अर्कोतर्फ जथाभावी भाडा असुलेर व्यापारीको भागाभाग भएको थियो ।

गोरखालीसँग ठेक्का तोडिएपछि मलमा भएका केही व्यापारीले राजनीतिक शक्ति प्रयोग गरी समिति बनाएर सोही समितिमार्फत कोषको भवन चलाउने चलखेल गर्दै आएका थिए । 

५ बर्ष अगाडि

प्रतिक्रिया