लुम्बिनी विकासको अवितरित  हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

५ बर्ष अगाडि

काठमाडौं – लुम्बिनी विकास बैंकले बोलकबोल प्रकृयाबाट लिलामीमा ल्याएको अवितरित हकप्रदमा आवेदन दिने शुक्रवार (आज) अन्तिम दिन रहेको छ ।

कम्पनीले माघ २७ देखि संस्थापक समूहतर्फको १ लाख ९७ हजार ५ सय ९६ दशमलव ४४ कित्ता शेयर बोलकबोल प्रकृयाद्वारा विक्रीमा ल्याएको हो । बैंकले शेयरको न्यूनतम मूल्य १ सय तोकेको हुँदा सोभन्दा बढीको मूल्य अंकित गरी बोलकबोल गनुपर्नेछ ।

आवेदकले शेयर खरीदको लागि न्यूनतम १ सय कित्ता र अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन् । बैंकको विक्री प्रबन्धक भिबोर क्यापिटल लिमिटेड रहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया