युनिभर्सल पावर कम्पनीको 'आईपिओ' कहिलेसम्म भर्न पाइन्छ ? अझै २ करोड १६ लाखको शेयर बिक्री हुन बाँकी

५ बर्ष अगाडि

काठमाडौँ  – युनिभर्सल पावर कम्पनीको साधारण शेयर (आईपिओ) मा आज शुक्रबारसम्म ८४ करोड ५८ लाख रुपैयाँ बराबरको आवेदन परेको छ। 

हाइड्रोपावरको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार  कम्पनीको शेयर अब २ लाख १६ हजार ३१२ कित्ता अर्थात २ करोड १६ लाख रुपैयाँ बराबरको शेयर बिक्री हुन बाँकी छ । 

बिक्री प्रबन्धकले बाँकी शेयर शुक्रबार बिक्री भए आइतबार र शुक्रबार सबै शेयर बिक्री नभएको खण्डमा सोमबार मात्र शेयर निष्काशन बन्द हुने अवस्था देखिन्छ। सबै शेयर बिक्री भएपश्चात बिक्री प्रबन्धकले पूर्व सूचना दिएर शेयर निष्काशन बन्द गर्नेछ।
कम्पनीले माघ २५ गतेदेखि सर्वसाधारणको लागि ८६ करोड ७४ लाख रुपैयाँ बराबरको आईपिओ निष्काशन गरेको थियो।
 

५ बर्ष अगाडि

प्रतिक्रिया