महाअभियोगबाट बच्न अख्तियारका आयुक्त पाठकले दिए राजीनामा

५ बर्ष अगाडि

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले राजीनामा दिएका छन् ।

पाठकविरुद्ध महाअभियोग लगाउने तयारी भएपछि पाठकले त्यसवाट बच्न राजीनामा दिएका हुन् । राष्ट्रपति कार्यालय उच्च स्रोतका अनुसार पाठकले राष्ट्रपतिलाई राजीनामा बुझाइसकेका छन् ।

पाठक राजिनामा दिन केहीबेर अघि मात्रै राष्ट्रपति कार्यालय शितलनिवास पुगेका थिए । यद्यपि राष्ट्रपति कार्यालयले भने यसबारे कुनै प्रतिकृया दिइसकेको छैन । 

पाठकले घुस लिएको स्वीकारेको भिडियो भेटिएको थियो । यसअघि नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले पाठकविरुद्ध महाअभियोग लगाउन आजैबाट प्रकृया सुरु गर्ने बताएका थिए ।

५ बर्ष अगाडि

प्रतिक्रिया