४० सुरक्षाकर्मी मारिएपछि मोदीले भने: पाकिस्तानले धेरै ठुलो गल्ति गर्याे, अब यसको मुल्य चुकाउनु पर्छ

५ बर्ष अगाडि

भारत – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कश्मीरको पुलवामामा आफ्ना सुरक्षाकर्मी मारीएकोप्रति आक्रोस व्यक्त गरेका छन् । पाकिस्तानले ठुलो गल्ती गरेको भन्दै प्रधानमन्त्री मोदीले अब ठुलो मुल्य चुकाउनुपर्ने चेतावनी दिएका छन्  । भारतीय संच्चारमाध्यम एन डी टिभि इन्डियाका अनुसार उनले पाकिस्तानले आफ्ना ४० सुरक्षाकर्मी मारेर ठुलो गल्ती गरेको भन्दै अब यसको मुल्य चुकाउनु पर्ने भन्दै मोदीले चेतावनी दिएका हुन्  । 

जम्मु(कश्मीरको पुलवामामा बिहीबार भएको अहिलेसम्मकै ठुलो आत्मघाती हमलामा आफ्ना ४० सुरक्षाकर्मी मारिएपछि भारत पाकिस्तानसँग क्रुद्ध भएको छ । 

४० जनाको ज्यान जाने गरी भएको यो खतरानाक हमलापछि भारत पाकिस्तानविरुद्ध कारबाहीमा उत्रिएको हो । यस हमलापछि भारत९पाकिस्तानको सम्बन्ध अझै तनावयुक्त हुने अनुमान गरिएको छ । 

शुक्रवार प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको क्याबिनेट कमिटी  बैठकमा छिमेकी मुलुक पाकिस्‍तानविरुद्ध सबैभन्दा ठुलो कदम चालिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् 

५ बर्ष अगाडि

प्रतिक्रिया