जब प्रचण्डले म लड्न जान्छु भने !

५ बर्ष अगाडि

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकका समस्या समाधान गर्ने उपयुक्त समय र वातावरण रहेको बताएका छन् ।

माध्यमिक विद्यालय शिक्षक युनियन, नेपालको राष्ट्रिय भेला– २०७५ लाई शुक्रबार राजधानीमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले लामो समयपछि मुलुकले स्थायित्व पाएको र यसअवसरलाई मुलुकमा देखिएका समस्या समाधान गर्न लाग्नुपर्ने बताए ।

उनले भने, ‘नेपालले यो समय धेरै रामो समय संघर्ष, बलिदान र तपस्या गरेर पाएको समय हो । यतिबेला पनि थाती रहेका समस्या समाधान भएनन् भने, आधारभूत समस्या समाधान भएनन् भने कहिले हुन्छन् त ? शिक्षा क्षेत्रका समस्या समाधान भएनन् भने कहिले हुन्छन् र हामीले समाधान गरेनौँ भने कसले गर्छ रु यो कल्पना पनि गर्न नसकिने विषय हो ।’

‘मैले एक कल फोन गरिदिएको भरमा या शिक्षामन्त्रीलाई बोलाएर ’यो गर्नुस्’ भनेर निर्देशन दिएकै भरमा सबै काम भइहाल्छ भन्ने नसोच्नुहोला । त्यस्तो साह्रै छैन अहिले ।’

प्रचण्डले भने, ‘तर, मैले अड्डी कसेँ भने धेरै कुरा हुन्छ भन्ने हो, यो चाहिँ हो फेरि । अब म लड्न जाने भएँ ढुक्क हुनुहोला ।’

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेले प्रचण्डलाई शिक्षकहरूले उठाएका माग पूरा गर्न दबाब दिएका थिए । सम्बोधनका क्रममा शिक्षक नेता र नेता घिमिरेले प्रचण्डले चाहे भने एक फोनका भरमा समस्या समाधान हुने बताएका थिए । 

५ बर्ष अगाडि

प्रतिक्रिया