शास्त्र अनुसार यी ५ प्रकारका व्यक्तिसँग कहिल्यै साथी नबन्नुस्, नत्र दु:ख पाउनुहोला!

५ बर्ष अगाडि


मानिस सामाजिक प्राणी हो । आमाको गर्भबाट भूइँमा झरेसँगै ऊ विभिन्न भूमिकामा परिभाषित हुन्छ । कसैको छोरा-छोरी, भाइ-बहिनी, नाति-नातिनी आदि । जब ठूलो हुँदै जान्छ, अनि रगतसँग कुनै साइनो नजोडिएकाहरु पनि उसको जीवनमा जोडिन आइपुग्छन्, साथीको रुपमा ।

साथीको सम्बन्धलाई पवित्र र मनको नाताको रुपमा बुझ्ने चलन छ । कतिपय साथी यति फलदायी हुन्छन् नि, उनीहरुको संगतकै कारण निकै व्यक्ति सफल भएका छन् । उदाहरण यस्तो पनि पाइन्छ, कतिपय संगतकै कारण पतित भएर गएका छन् । त्यसैले जहिले पनि असल व्यक्तिको मात्रै संगत गर्नुपर्छ । यहाँ हामीले यस्ता पाँच प्रकारका व्यक्तिहरुको बारेमा जानकारी दिँदैछौँ, जससँगको संगत तपाइँलाई कहिल्यै फलदायी हुँदैन ।

१. सधैँ आफ्नै कुरा लाद्ने : साथी यस्तो हुनुपर्छ, जसले तपाइँलाई साथ देओस् । तपाइँको कुरा पनि सुनोस्, न कि हाकिमको जस्तो ब्यबहार गरोस् । हरेक कुरा आफ्नो मात्रै लाद्न खोज्ने साथी बनाउँदा तपाइँलाई जिन्दगीमा केही फाइदा हुँदैन, हुन्छ त केवल घाटा मात्रै ।

२. कुरा-कुरामा अपमानित गर्ने : साथी-साथीमा हाँसी-मजाक त चलिरहन्छ । यस्तोमा कहिलेकाहीँ अनजानमा बोलिने कुरा र गरिने व्यवहारले चित्त दुख्न सक्छ, यो त सामान्य नै हो । तर, कसैले जिस्किएको बहानामा तपाइँलाई बारम्बार अपमानित गर्न खोज्छ भने त्यस्तो व्यक्तिसँगको संगत आजै छाडिदिनुस् । साथीको सम्बन्ध सम्मानमा हुन्छ, अपमानमा होइन ।

३. अफ्ठ्यारोमा साथ नदिने : हामी सबैको साथमा आ-आफ्नो जरुरी काम त हुन्छ नै, तर सच्चा साथीले आवश्यक पर्दा तपाइँलाई साथ दिनुपर्छ । कोही त्यस्तो व्यक्ति जो तपाइँलाई अति आवश्यक पर्दा पनि व्यस्त रहेको बहाना बनाएर साथ दिँदैन भने त्यस्तो साथीको संगत पनि छाडिदिनुस् ।

४. स्वार्थी : केही यस्ता हुन्छन्, जो आफूलाई आवश्यक पर्दा मात्रै साथीलाई सम्झिन्छन् । काम नपर्दा वास्तासमेत नगर्नेहरु आफ्नो काम परेपछि चेपारे घस्दै जोडिन आउँछन् । होसियार ! यस्ता साथीहरु पनि तपाइँको साथको लायक छैनन् ।

५. डाह गर्ने : साथी त एकअर्काको सफलतामा खुसी हुनुपर्छ । यदि कोही त्यस्तो व्यक्ति जो अरुको सफलतामा जल्छ भने त्यो कसैको संगत लायक हुँदैन । यस्ता व्यक्तिले तपाइँलाई पनि कहिल्यै सफल हुन दिँदैनन् । त्यसलै यिनीहरुको संगत आजैबाट छाडिदिनुस् ।
अनि कतै तपाइँमा पनि यस्तो कुनै गलत स्वभाव त छैन ? यदि त्यस्तो हो भने, तपाइँ स्वयमलाई पनि यो फाइदाजनक नहुनसक्छ । समयमै सोच्नुहोला ।

५ बर्ष अगाडि

प्रतिक्रिया