भक्तपुरमा चट्याङ पर्दा बनभोज खान आएका ६ जना घाईते

५ बर्ष अगाडि

भक्तपुर – शनिबार दिउसोँ करिब २ बजेतिर भक्तपुरमा परेको चट्याङले ६ जना घाईते भएका छन् । 

भक्तपुर सूर्यविनायक न.पा. ७ घ्याम्फेडाँडा काठमाण्डौ कीर्तिपुर त्रिभुवन बिश्वबिद्यालयका बिद्यार्थीहरु बनभोज खान आएका विद्यार्थीहरु घाइतेँ भएका महानगरिय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ । 

चट्याङ लागी निम्न ६ जना मानिसहरु घाईते भई उपचारका लागी डा.ईवामुरा अस्पतालमा लगी उपचार भईरहेको परिसर भक्तपुरका सूचना अधिकारी प्रनाउ रेवटी रमण पोखरेलले बताए । 
घाईते हुनेमा मोरङ कोशी दरैचा नपा. ४ घर भई हाल जिल्ला काठमाण्डौ कीर्तिपुर बस्ने बर्ष २५ को रबि पाण्डे, कैलाली गौरी नपा. १ घर भई कीर्तिपुर बस्ने बर्ष २५ को जिवन भण्डारी, स्याङजा कालीगण्डकी गा.पा. ४ घर भई हाल बस्ने बर्ष २४ को कमल पाण्डे रहेका छन् । 

त्यसैगरि  नवलपरासी सुस्ता गाउँ पालिका ५ घर भई हाल बस्ने बर्ष २५ को सत्तेनन्द गुप्ता, ओखलढुङ्गा  रुम्जाटार घर भई हाल बिश्वबिद्यालयमा गार्ड गर्ने बर्ष ५७ को ललित गुरुङ र सर्लाही घर भई हाल बिश्वबिद्यालयको क्यान्टिनमा काम गर्ने बर्ष २९ की सिता खड्का रहेकी छिन् ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया