एसईई परीक्षामा अब प्रदेशपिच्छे प्रश्नपत्र

५ बर्ष अगाडि

काठमाडौँ – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा प्रदेशअनुसार छुट्टाछुट्टै प्रश्नपत्र सोधिने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले चैत १० देखि देशभर सञ्चालन हुने परीक्षाका लागि प्रश्नपत्र छपाइ थालेको छ ।

जनक शिक्षा सामग्री केन्द्रको भक्तपुरस्थित सेक्युरिटी प्रेसमा सातवटै प्रदेशका लागि आवश्यक प्रश्नपत्र छपाइ थालिएको बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले जानकारी दिए । ‘प्रदेशमा सेक्युरिटी प्रेस छैन,’ उनले भने, ‘प्रश्नपत्र यहीँ छपाएर पठाउन लागेका हौं ।’ एकै स्तरका तर फरक–फरक सेटका प्रश्नपत्र निर्माण गरिएको छ ।

संघीय र प्रदेश सरकारको समन्वयमा एसईई परीक्षा सञ्चालन हुन लागेको हो ।  कान्तिपुर दैनिकमा खबर छापिएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया