अपराध अनुसन्धानमा सीसीक्यामेरा प्रभावकारी

५ बर्ष अगाडि

काठमाडौँ– काठमाडौंँको डल्लु आवासक्षेत्रमा २०७१ सालमा भएको हत्या घटनामा संलग्न एक व्यक्ति लामो समयको अनुसन्धानपछि सीसीटीभी क्यामेराको सहयोगमा पक्राउ पर्न सफल भए ।

त्यस्तैं, सीसी क्यामेरामा कैद भएको फुटेजकै सहयोगमा २०७२ सालतिर बिजुलीबजारमा भएको सवारी दुर्घटनामा मोटरसाइकल चालकलाई ठक्कर दिई फरार ट्याक्सी चालक पक्राउ परेका थिए । सो घटनामा मोटरसाइकल चालकको मृत्यु भएको थियो ।

सीसी क्यामेराको सहयोगबाट नै आर्थिक वर्ष २०७४–७५ मा विभिन्न ट्याक्सीमा छुटेको करीब ४२ लाख ११ हजार रुपियाँ नगद सम्बन्धित ब्यक्तिलाई बुझाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

प्रहरी अधिकारीका अनुसार उल्लेखित घटनाहरू सीसीटीभी प्रयोगबाट प्राप्त सफलताका केही प्रतिनिधि उदाहरण मात्र हुन् । काठमाडौँ उपत्यकाको शान्तिसुरक्षाका लागि सीसी क्यामेराहरु विश्वासिलो र भरपर्दो सहयोगी प्रविधि बन्ने गरेका छन् ।  गोरखापत्र दैनिकमा विस्तृतमा खबर छापिएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया