निशानको नयाँ गाडी नेपाली बजारमा मूल्य ६० लाख

५ बर्ष अगाडि

काठमाडौं – नेपालका लागि निशान मोटर्सको  आधिकारिक बिक्रेता पायो नियर मोटो कर्पले यही फागुन ५ गतेदेखि निसानको नयाँ गाडी किक्स नेपाली बजारमा ल्याएको  छ । उक्त गाडी नेपाली बजारमा ईन्टी लेभलको ४७ लाख ९९ हजारमा र टप लेभलको ५९ लाख ९९ हजार रुपैयाँमा पाइने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार गाडीमा ८ इन्चको टचस्क्रिन जसलाई एन्ड्रोइड तथा एप्पल प्रणालीद्वारा सञ्चालन गर्न सकिन्छ । साथै, एलईडी प्रोजेक्टरको हेड ल्याम्प, अटोमेटिक क्लाइमेट कन्ट्रोल, कूल र इलुमिनेटेड ग्लोभ बक्स, क्रुज कन्ट्रोल, भ्वाइस रिकग्निसन, गाडी स्टाटकोलागि साँचो नचाहिने स्मार्ट कार्ड, चालकको लागि हाइट मिलाउन मिल्ने सिट, दुईवटा एयरब्याग र ईबीडी र बीए सहितको एबीएस समेटिएको छ ।

यो एसयूभी गाडी डिजेल इन्जिनमा एक्सएल, एक्सभी र एक्सभी प्रिमियम गरी तीन प्रकारका र पेट्रोल ईन्जिनमा एक्सएल र एक्सभी गरी दुई प्रकारका रहेका छन् । यसैगरी, नयाँ निसान किक्स पर्ल ह्वाइट, ब्लेड सिल्भर, ब्रोजन ग्रे फायर रेड, एम्बर अरेन्ज, जीप ब्लु पर्ल र नाइट सेड गरी जम्मा ७ प्रकारका विभिन्न कलरमा पाइनेछन् ।

बिक्री शुरु कार्यक्रममा पायोनियर मोटो कर्पका प्रबन्ध निर्देशक सन्दीपकुमार सारदाले भने विश्वस्तरीय नयाँ सवारी साधनले नेपालीको अभिरुचि पूरा गर्ने र साथै यसबारे नेपालीहरुमा रहेको उत्सुकता पूरा गरेको छ र हामीलाई विश्वास छ र कार प्रेमी नेपालीहरुको मन जित्नेछ ।

यसको स्टाइलिस डिजाइनले यसको क्षमता र ड्राइभिङ्ग डाइनामिक्सलाई परिपूरकको काम गरेको छ । नयाँ निसान किक्सको पेट्रोल इन्जिनमा १.५ एचफोरकेको ५ स्पीड म्यानुअल ट्रान्समिसन रडिजेल इन्जिनमा १.५ के९के डीसीआईको ६ स्पीड म्यानुअल ट्रान्समिसनमा उपलब्ध छन् ।

माइलेज क्षमता उत्तम मानिएको यस गाडीको पेट्रोल इन्जिनले प्रतिलिटर १४.२३ किलोमिटर र डिजेल इन्जिनले प्रतिलिटर २०.४५ किलोमिटर गाडी चल्न सक्ने एआरएआईले प्रमाणित गरेको कम्पनीले जनाएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया