बालिकाको सामूहिक वलात्कारपछि हत्या

५ बर्ष अगाडि

धनुषा– आधा शरीर जलेको अवस्थामा मृत भेटिएकी बालिकाको सामूहिक बलात्कारपछि हत्या भएको पाइएको छ । 

मिथिला नगरपालिका–३ हरिहरपुरकी ११ वर्षीया दुतिया रैसेलीको शव आधा जलेको अवस्थामा फागुन २ गते भेटिएको थियो । फागुन १ गते गाउँमै बिहेभोज खान गएकी उनको शव घर नजिकैको झाडीमा फेला परेको थियो । घटनाबारे प्रदेश नं २ प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयले अनुसन्धान थालेको थियो । 

“हत्यारा नजिक पुगेका छौँ”, प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले भने । घटनामा संलग्न रहेको आशङ्कामा केही व्यक्ति पक्राउ परेका छन् ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया