ब्याजदर घट्ला त ?

५ बर्ष अगाडि

 काठमाडौं – कर्जाको ब्याज नघटेपछि उद्योगी व्यवसायी आन्दोलनमा उत्रिएका छन्। प्रधानमन्त्रीलाई समेत भेटेर व्यवसायीहरूले ब्याजदर घटाइदिन आग्रह गरे। तर, व्यवसायीले भनेजस्तो बैंकहरूले कर्जाको ब्याज घटाउन सक्ने अवस्था छैन। 

बैंकमा यथेस्ट पैसा नभएपछि चर्को ब्याजमा निक्षेप संकलन गरेका बैंकहरूको आधारदर (बेसरेट) महँगो हुँदै गएको छ। सरकारले आधार रेटलाई हेरेर कर्जाको ब्याज तोक्न खोजे पनि औसतमा अहिलेकै हाराहारीमा ब्याज कायम हुने देखिन्छ।
अहिले अधिकांश बैंकको आधारदर १० प्रतिशत हाराहारीमा छ। यसअघि ब्याजका विषयमा उद्यमी व्यवसायीको छाता संगठनहरूले अर्थमन्त्री डा।युवराज खतिवडा र राष्ट्रबैंकका गभर्नर डा चिरञ्जीवी नेपालसँग पटक पटक छलफल गरिसकेका छन्। तर, यस्ता छलफलबा  समाधान भने निस्कन सेकेको छैन।

५ बर्ष अगाडि

प्रतिक्रिया