यसरी बचाउनुहोस् आफूले कमाएको पैसा !!!

५ बर्ष अगाडि

आम्दानी र खर्चको अनुपात नमिलेको कारणले गर्दा नेपालबाट दैनिक हजारौंको संख्यामा खाडी मुलुक तथा अन्य देशहरुमा श्रम गर्न गइरहेका छन् । नेपालीहरुले विदेशमा कमाउने पैसा तुलनात्मक रुपले बढी हुने भएपनि मुख्य कुरा नेपालमा रहँदाको जस्तो खर्च हुँदैन । काम गर्ने उदेश्यले विदेश गएकाहरुको ध्यान बढी काम गर्ने तथा पैसा कसरी जोगाउने भन्ने नै हुन्छ । विदेशमा काम गर्न गएकाहरु प्राय धेरै जना संयुक्त रुपमा बस्छन् । यसरी संयुक्त रुपमा बस्दा खर्च अनुपात निकै कम हुन जान्छ ।

 
पैसाको महत्व सबैलाई हुन्छ । अझ विशेष गरेर श्रम गरि खाने वर्गको लागि त बचतले झनै महत्व राख्ने गर्छ । काम गरुन्जेल पैसा पाउने काम गर्न नसक्ने अवस्था आएपछि त झनै बचत अत्यावश्यक हुने हुदाँ पैसा बचत गर्नु आवश्यक हुन्छ ।

तुलनात्मक रुपले कम आम्दानी गर्ने कतिपय हाम्रा साथी भाईहरुलाई हेर्ने हो भनेपनि उनीहरुले पैसाको राम्रो बचत गरिरहेका हुन्छन् । साँच्चै कसरी गर्न सकिन्छ त बचत ?

आवास खर्च :
काठमाडौं तथा शहरी क्षेत्रमा बस्नेहरुले धेरै पैसा आवासको लागि खर्च गर्नुपर्ने हुनाले यी कुराहरुमा ध्यान दिनुपर्छ ।
ठूला अनावश्यक कोठा नलिने
आफन्तहरुसँग बस्ने
मिल्ने साथी भाईसँग कोठा सेयर गर्ने
सस्तो कोठामा बस्ने
 

यातायात :
आवास पछि मानिसहरुको खर्च यातायातमा हुने गर्छ यी कुराहरुमा ध्यान दिएको खण्डमा आम्दानीको बचत गर्न सकिन्छ ।
हिडेर आवातजावत गर्ने
सार्वजनिक सवारी साधनको प्रयोग गर्ने
साइकलबाट आवतजावत गर्ने
आफ्नो कार्यलय वा स्कुल कलेज वरपर बस्ने
कारपुल गर्ने
अफिस वा स्कुल कलेजका साथीहरुसँग सवारी साधन सेयर गर्ने
कम फ्युल लाग्ने सवारी साधन खरिद गर्ने
 वैकल्पिक बाटोको प्रयोग गर्ने

सामान्य खर्चहरु घटाउने :
यति थोरै पैसा त होनि भन्दा–भन्दैपनि मासिक रुपले धेरै पैसा अनावश्यक रुपमा खर्च हुन्छ । त्यसैकारण फजुल खर्चलाई घटाउन यी कुराहरुमा ध्यान दिनुहोस् इन्टरनेट सेयर गरेर चलाउने
मोबाइल डाटा प्याकको प्रयोग गर्ने
 विभिन्न कम्पनीहरुले ल्याउने अफरहरुमा ध्यान दिने
लामो कुराकानीको लागि सामाजिक सञ्जालको प्रयोग गर्ने
ल्याण्ड लाइन फोन प्रयोगमा छैन भने बन्द गरिदिने
 इलेक्ट्रोनिक्स चिजहरु अनावश्यक रुपमा चलिरहेको छ भने बन्द गर्ने
कम विजुली खपत गर्ने इलेक्ट्रोनिक्सका सामानहरु प्रयोग गर्न
सोलर इनर्जीको प्रयोग गर्ने

बच्चाहरुको हेरचाह :
हुर्कदै गरेको बच्चाहरुको स्याहार सुसारको लागि निकै खर्च हुने गर्छ । हुनत बच्चाहरुलाई आवश्यक पर्ने कुराहरुमा खर्च गर्नुपर्छ नै । तैपनि सकेसम्म बच्चाहरुलाई आवश्यक पर्ने सामानहरु किन्दा बढी ध्यान पुर्याउनुपर्छ । बच्चाहरुको शारीरिक वृद्धि छिटो–छिटो हुने हुनाले कपडाहरु खरिद गर्दा अलि ठूलो किन्दा हुन्छ । त्यस्तै बच्चाहरुलाई डे–केयरमा भन्दा सम्भव छ भने आफैले हेर्दा लागत कम हुन जान्छ ।

किराना सामग्रीहरु :
मूल्य तुलना गरेर खरिद गर्ने
ठूलो परिमाणमा खरिद गर्दा सस्तो पाइन्छ
स्टक वा सेल अफरको सामानहरु खरिद गर्ने
सस्तो किराना पसल रोज्ने
रेडिमेट खानाको भन्दा घरमा बनाएर खान सकिने खाना सस्तो मूल्यमा पाइन्छ
सिजनेवल कुराहरुको मूल्य कम हुन्छ
खुर्सानी, धनियाँ वा सम्भव भएका तरकारी आफै लगाउने
आवश्यक कुराहरुमात्रै खरिद गर्ने
साधारण कुराहरु खरिद गर्ने
बोत्तल मात्रै चाहिएको छ भने पानी किन्नु आवश्यक छैन
मनपरेको वस्तुको मूल्य बढी हुनसक्छ
हरेक अफरको कुपन लिन नबिर्सिनुहोला

आर्थिक पाटो :
सानो–सानो क्षेत्रमा लगानी गर्ने
कम व्याजदर भएको बैंक तथा वित्तिय संस्थाहरुबाट ऋण लिने
आफ्नो बैंक एकाउन्ट चेक गरिराख्ने र फ्रिज भएको पैसालाई लगानी गर्न
समयमा बिलहरु तिर्ने, जरिवानाबाट बच्ने
इलेक्ट्रोनिक्स कारोबार गर्ने, यसले खर्च कम गर्छ
घर, गाडी खरिद गर्दा सस्तो इन्स्योरेन्स तर रिर्टन राम्रो पाउने कम्पनीबाट गर्ने
अफरहरुलाई ध्यान दिने
कुनै ठूलो बजेटको सामान खरिद गर्दै हुनुहुन्छ भने ४८ घण्टा सोच्नुहोस, वस्तु खरिद गरेपछि पछुत्ताउनु राम्रो होइन

स्वास्थ्य :
स्वास्थ्य बीमा गर्न
कतिपय सामाजिक संस्थाहरुको सदस्यता भएबापत अस्पतालहरुमा छुट पाइन्छ त्यसबारे बुझ्ने
सरकारी अस्पताहरुमा जान नहिचकिचाउने
मेडिकल बिलको पूर्ण जाँच गर्ने र छुट माग्ने
अनलाइनबाट औषधिहरु किन्दा सस्तो पर्न सक्छ त्यसबारे बुझ्ने
आफुले तिर्न लागेको मूल्य सही हो या होइन ख्याल गर्ने
निःशुल्क वा सस्तो ठाउँमा व्यायाम गर्ने

खाना :
आफै पकाएर खाने
घरमा तयार गरेको खाना तथा खाजा खाने
बाहिर गएको समयमा खानाको बन्दोबस्त पहिले नै गर्ने
पेय पदार्थ रेष्टुरेन्टमा नखाने किनकी रेष्टुरेन्टहरुले बढी मुनाफा पेय पदार्थहरुबाट कमाउने गर्छन्
रेष्टुरेन्टको खानेकुराहरुको सुची हेरेर मात्रै अर्डर गर्ने, आफु प्रस्ट नभए सोध्न नहिचकिचाउने
चिया तथा कफी आफै बनाउने

लुगाफाटो तथा सामाग्रीहरु :|
|अनलाइन वा पसलमा पर्ने मूल्य तुलना गर्ने
तपाई सधैं लन्ड्रीमा कपडा धुनुहुन्छ भने धुन नपर्ने कपडाहरु खरिद गर्नुहोस
सिजनेवल अफर, फेस्टिवल अफर, एउटा किन्दा अर्को सित्तैमा जस्ता अफरहरुमा ध्यान दिने

आफैले गर्न सक्ने कामहरु :
दाह्री आफै काट्ने
कपाल आफै रंगाउने
होम सर्भिस सेवा लिनुको सट्टा आफैले सामनहरु लिन जाने

मनोरञ्जन :
युट्युबको प्रयोग
सिनेमा हेर्न जाने सोचमा हुनुहुन्छ भने छुटमा हेर्नुहोस्
लाइब्रेरीमा जाने
टेलिभिजन हेर्ने

भ्रमण :
प्याकेज टुर
अफ सिजनमा भ्रमण गर्ने
अनलाईनको भरपुर प्रयोग गरि खाने बस्ने तथा घुम्ने ठाउँको जानकारी लिने

५ बर्ष अगाडि

प्रतिक्रिया