प्रमाण नष्ट गर्न बालिकाको शव जलाइयो

५ बर्ष अगाडि

जनकपुरधाम–बालिकालाई बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका हम्ली डन भन्ने नीरज जर्घा मगरलाई धनुषा प्रहरीले सार्वजनिक गरेको छ । 

जिल्ला प्रहरी कार्यालय धनुषाले मंगलबार पत्रकार सम्मेलन गरी अभियुक्त मगरलाई सार्वजनिक गरेको हो । उनलाई प्रहरीले धनुषाकै विदेह नगरपालिका–२ दुहबीबाट सोमबार पक्राउ गरेको थियो ।

बटेश्वर गाउँपालिका–४ बैगाली टोल बस्ने हम्ली डन भनिने २२ वर्षीय मगरले २ फागुनमा मिथिला नगरपालिका–३ बस्ने देवनारायण रसाइलीकी ११ वर्षीया छोरी दुतियालाई बलात्कारपछि हत्या गरेको प्रहरीको भनाइ छ । मगरले दुतियालाई ललाइफकाई घरबाट दुई सय मिटर पर रहेको पोखरीको उत्तरको उखुको खेतमा लगेर बलात्कारपछि हत्या गरेका थिए ।  हत्यापछि दुतियाको शव लुकाउन र फिंगर प्रिन्टलगायतका प्रमाण नष्ट गर्ने उद्देश्यले शवमाथि उखुको सुकेको पात, कपडा र चप्पल राखेर लाइटरले आगो लगाएको आजको नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया