मन्त्रीसँग कुरा नमिलेपछि सचिवको सरुवा

५ बर्ष अगाडि

काठमाडौँ — मेलम्ची खानेपानी आयोजनामा मन्त्री बिना मगरसँग मत बाझिएपछि खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुर सरुवा भएका छन् । मन्त्रिपरिषदको सोमबारको बैठकले उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा जगेडामा राखेको छ ।

आयोजना बीचमै छाडेको इटालियन कम्पनी सीएमसीलाई भुक्तानी दिनेबारे मन्त्री र सचिवबीच मतान्तर बढेको हो । मन्त्री मगरले सीएमसीलाई २ अर्ब ६० करोड रुपैयाँ भुक्तानी दिन आयोजना विकास समितिको अध्यक्षसमेत रहेका ठाकुरलाई दबाब दिँदै आएकी थिइन् । सचिव ठाकुरले विवाद समाधान समितिले सीएमसीले दाबी गरेको २ अर्ब ६० करोडका ठाउँमा ३५ करोड रुपैयाँमात्र भुक्तानी दिन सिफारिस गरेकाले त्यसभन्दा बढी दिन नसकिने अडान लिएका थिए । आयोजनाका अधिकारीहरू पनि कानुन र ठेक्का सम्झौताविपरीत सीएमसीलाई २ अर्ब ६० करोड दिन नसकिने अडानमा थिए । कान्तिपुर दैनिकमा खबर छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया