देउवाको गृहजिल्लामा ओलीलाई कसले देखाएको थियो कालोझण्डा ?

५ बर्ष अगाडि

डडेल्धुरा– प्रधानमन्त्री केपी शर्मा ओलीलाई डडेल्धुरामा कालो झण्डा देखाइएको छ। प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाको गृहजिल्लामा १३२ केभी सवस्टेशन आयोजनाको उद्घाटन गर्न आएका ओलीलाई नेपाली कांग्रेसका कार्यकर्ताले मंगलबार स्याउले बजारमा कालोझण्डा देखाएका थिए।

को-को पक्राउ परेका थिए ?
कालोझण्डा देखाएको भन्दै कांग्रेस जिल्ला कार्यसमितिका सदस्य गोकुल शाही, नेपाल दलित संघका अध्यक्ष सन्तोष जैरु, नेपाल सांस्कृतिक संघका अध्यक्ष प्रकाश जैरु, नेपाल नाइ संघका अध्यक्ष शियाशरण ठाकुर, स्ववियु सभापति जगत ऐर, पदम खाती, पदम भण्डारी, रामबहादुर भण्डारी र संजय जैरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। उनीहरुलाई केहीबेर हिरासतमा राखेर छाडिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

५ बर्ष अगाडि

प्रतिक्रिया