बमजनलाई कारबाही गर्न कोमल वलीको माग गरेपछी गृहमन्त्रीले के भने ?

५ बर्ष अगाडि

काठमाडौँ – राष्ट्रिय सभामा सांसद कोमल वलीले रामबहादुर बमजनको विषयमा प्रश्न गरेकी छन् ।

बुधबार गृहमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा प्रश्न गर्दै वलीले भनिन्, ‘लिटिल बुद्ध रामबहादुर बमजनको अपराध र क्रियाकलाप बाहिर आफैं आएर पीडित युवतीहरूले भन्दा पनि अहिलेसम्म किन कारबाही हुन सकेको छैन ?’

‘सुन्नमा आएको छ । प्रहरीले दिएको प्रतिक्रियामा हामीले पकाउ गर्ने सक्ने अवस्थामा छैनौं भनेको छ, के कति कारणले उनीमाथिको कारबाही अगाडि बढेको छैन । यस सम्बन्धी म जानकारी चाहन्छु ।’

गृहमन्त्री थापाको उत्तर:

गृहमन्त्री रामबहादुर थापाले बमजनलाई कारबाही गर्ने प्रतिबद्धता दोहार्याए ।

उनले भने, ‘राज्यले यसलाई गम्भीरताका साथ लिएको छ । यसको बारेमा सरकारले छानबिन गरिरहेको छ । मिडियामा पनि आइरहेको छ । सबैलाई थाहा छ । यसलाई सरकारले हल्का रूपमा लिएको छैन् । गम्भीर रूपमै लिएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया