राष्ट्रपति समक्ष ६ वटा प्रदेश प्रमुखको भेट

५ बर्ष अगाडि

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज प्रदेश प्रमुखले भेट गरेका छन् । 

भण्डारीसँग ६ वटा प्रदेशका प्रदेश प्रमुखहरुले भेटवार्ता गरेका थिए । आज राष्ट्रपति भवन, शीतलनिवासमा राष्ट्रपति भण्डारीसमक्ष प्रदेश नं. १, प्रदेश नं. २, प्रदेश नं. ३, गण्डकी प्रदेश, प्रदेश नं. ५  र कर्णाली प्रदेशका माननीय प्रदेश प्रमुखहरुले भेट गरेका हुन्  । 

प्रवक्ता छविन्द्र पराजुलीका अनुसार उक्त भेटका अवसरमा माननीय प्रदेश प्रमुखहरुले हालसम्म सम्पादन गरेका कार्यहरुको बारेमा आ-आफ्ना अनुभवहरु जानकारी गराएका थिए  ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया