पशुपति शर्माको गीत जनताले मन पराएनन् : प्रधानमन्त्री ओली

५ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले गायक पशुपति शर्माको गीत युट्युबबाट हटाइएकोबारे पहिलो पटक प्रतिक्रिया दिएका छन् ।

बुधबार बिहान सुदूरपश्चिम प्रदेश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताले नरूचाएपछि गायक शर्माले नै त्यो गीत युट्युबाट हटाएको दाबी गरे ।

‘हामी नचाहिने कुरामा उत्ताउलो हुन्छौं । एउटाले भुलचुकमा गीत बनायो रे कता हो कता । लुट, लुट । गरी खाएर केही काम लाग्दैन । लुटेर खा भाइ लुटेर खा भनेर गीत बनाएछन्,’ प्रधानमन्त्रीले भने, ‘जनताले तिम्रो गीत मन पराएनौं भनेपछि युट्युबबाट हटाएछन् उनले भने।

५ बर्ष अगाडि

प्रतिक्रिया