भारतमा दुई बालकले राखे नेपालको नाम

५ बर्ष अगाडि

भारतीय टेलिभिजन च्यानल जिटिभीमा प्रसारण भइरहेको कार्यक्रम ‘सारेगमप लिटिल च्याम्प्स’ मा दुई नेपाली बालकले प्रतिस्पर्धा गरिरहेका छन् । इटहरीका प्रितम आचार्य र भक्तपुरका आयुस केसी सारेगमप लिटिल च्याम्प्स् को टप १५ मा पर्न सफल भएका छन् ।

गायन प्रतिस्पर्धामा उनीहरू दुवै खरो उत्रिँदै टप १५ मा छनौट भएका हुन् । कार्यक्रमको नियमअनुसार यो राउन्डबाट टप १५ जना मात्र छानिने भए पनि जजहरूले यसपालि १६ जना छानेका छन् ।

सारेगमप कार्यक्रम जिटिभीमा सबभन्दा लामो समयदेखि चल्दै आएको कार्यक्रम हो । सन् २०१९ सम्म आइपुग्दा यो कार्यक्रमले २३ वर्ष पूरा गरिसकेको छ ।

सारेगमप लिटिल च्याम्प्स भने सन् २००६ बाट सुरू भएको हो । यही फेब्रुअरी ९ बाट सुरू भएको हो सिजन सातौं हो । यसमा ५ देखि १४ वर्षका केटाकेटीले भाग लिन पाउँछन् ।

यो सिजनमा गायकहरू शान, अमाल मलिकका साथै रिचा शर्मा जज छन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया