बंगलादेशको राजधानी ढाकामा भिषण आगलागी, ६९ जनाको मृत्यु

५ बर्ष अगाडि

काठमाडौँ – बंगलादेशको राजधानी ढाकामा भीषण आगलागी भएको छ ।

बुधबार राति एक बहुतल्ले भवनबाट सुरु भएको आगलागी पुरै बस्तीमा फैलिएको थियो। उक्त भवनको एउटा तलामा अति प्रज्वलनशिल पदार्थको भण्डारण रहेको र त्यसैको कारण निजकैको भवनहरुमा पनि आगोले टिपेको प्रहरीको अनुमान छ।

बिहीबार बिहान बल्ल आगो नियन्त्रणमा आएको थियो। चोकबजार ठुलो  बस्ती जस्तै छ। त्यसैले पनि आगो नियन्त्रण गर्न कठिन भएको हो।आगलागीको समयमा उक्त चोकमा ट्राफिक जाम भइरहेकोले पनि हताहत हुनेको संख्या धेरै भएको बताइएको छ।

५ बर्ष अगाडि

प्रतिक्रिया