यी हुन्, बलिउड ३ हिरोइन, जोसँग छ आफ्नै प्लेन: बिदा मनाउँन आफ्नै जेटमा जान्छन् सरसर…

५ बर्ष अगाडि


बलिउडको फिल्म उद्योग आफैमा पनि भारतको निकै ठूलो ब्यापार गर्ने उद्योग अन्तर्गत पर्छ। त्यसै कारण पनि यो उद्योगमा क्रियासिल यस्ता धनी अभिनेत्रीहरु पनि छन्, जसले आफ्नो निजी विमान मात्र चढ्ने गर्छन् । ती अभिनेत्रीहरु कतै बिदा मनाउन जान पर्यो भने आफ्नै निजी विमानमा सरसर उड्ने गर्छन्।

यी हुन्, बलिउडका निजी विमान चढ्ने नायिकाहरु

सन्नी लियोनी


आफ्नै निजि विमान हुने नायिकाको सूचीमा पहिलो नाम आउँछ, पूर्वपोर्नस्टार तथा बलिउडकी यातिबेलाकी हट एण्ड सेक्सी अभिनेत्री सन्नी लियोनीको । अमेरिका छाडेर पति ड्यानियलसँगै तीन बच्चासहित भारतमा बसिरहेकी सन्नीको बारेमा थप परिचय दिईराख्नु अवश्यक नहोला सायद।सन्नी आफ्ना पति ड्यानियल वैबरसँग छुट्टी मनाउन जाँदा आफ्नै विमानमा जाने गर्छिन् ।

प्रियंका चोपडा


बलिउडदेखि हलिउडसम्म नाम कमाइरहेकी प्रियंका चोपडा महँगो पारिश्रमिक लिने अभिनेत्रीमा पर्छिन् । प्रियंकाले आफ्नो क्षमता र मिहिनेतका कारण यति ठूलो सफलता हात पारेकी छिन् कि जहाँ उनलाई कुनै भौतिक सुखको अभाव छैन ।कामको नतिजास्वरूप अहिले उनीसँग निजी जेट विमान छ । विमान यात्राका दौरान निकै मस्ती गरिरहेको तस्बिर तथा भिडियो उनले सार्वजनिक गर्ने गरेकी छिन् ।

शिल्पा शेट्टी


फिटनेसका कारण संसारभर चर्चित अभिनेत्री शिल्पा शेट्टीसँग पनि निजी जेट विमान छ । १९९० को दशकमा हिट फिल्म दिएकी उनले बिजनेस म्यान राज कुन्द्रासँग २००९ मा विवाह गरेकी थिइन् । उनका पति नामुद व्यापारी हुन् ।उनीहरू निजी जेटमा छुट्टि मनाउन बाहिर जाने गरेका छन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया