मनोज पुनको इन्काउन्टरपछि सुटर पनि समातिए

६ बर्ष अगाडि

काठमाडौं– रुपन्देहीका  व्यापारी बलु भन्ने बसन्त पौडेलको  हत्यामा संलग्न सुटर पक्राउ परेका छन् । 
लमजुङ बांग्रे गाउँपालिका वडा नम्बर ५ भोर्लेटार घर भई पोखराको रामबजार बस्दै आएका शुभास गुरुङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । 
गत पुस २१ गते रुपन्देहीको देबदह नगरपालिका वडा नम्बर ३ स्थित खैरेनीचोकका पौडेलको हत्या भएको थियो । 
स्थानीय काठ व्यापारी पौडेको हत्यापछि केन्द्रीय अनुसन्धन ब्यूरो, संघीय इकाइ प्रहरी कार्यालय भैरहवा, जिल्ला प्रहरी कार्यालय रुपन्देही र इलाका प्रहरी कार्यालय बुटवल समेतबाट खटिएको टोलीले हत्यामा संलग्नमध्ये पदम चौधरी र नारायण चौधरीलाई पक्राउ गरेको थियो । 
त्यसपछि घटनाको थप अनुसन्धान गर्दै जाँदा गुरुङ सुटर भएको खुल्न आएको थियो भने सोलगत्तै प्रहरीले खोजीकार्य तीब्र पारेको थियो । 
प्रहरीले गुरुङविरुद्ध संगठीत रुपमा कर्तब्य ज्यान र हातहतियार  खरखजना ऐन अन्तरगत अनुसन्धन भइरहको जनाएको छ । 
घटनाका मुख्य योजनाकार मनोज पुन र उनका सहयोगी सोमबहादुर आलेको फागुन ११ गते प्रहरी इन्काउन्टरमा देबदहमा मृत्यु भइसकेको छ । 
 

६ बर्ष अगाडि

प्रतिक्रिया