कल्याण बिक्रम आचार्यले जय होली सिजन २ आयोजना गर्दै

५ बर्ष अगाडि

इभेन्ट व्यवसायी कल्याण बिक्रम आचार्यले यहि २०७५ सालको होली लाई लक्षित गर्दै जय होली सिजन २ नामक कार्यक्रम आयोजना गर्ने भएका छन । के.ई.ई अर्गनाईजर्सले आयोजना गर्न लागेको उक्त कार्यक्रममा एसियन म्याक्स टेलिभिजन र एसियन म्युजिक पनि आवद्ध हुने भएको छ । पुतलिसडकचोक नजिकैको बि एफ सि रेस्टुरेन्ट परिसरमा हुने जय होलि सिजन २ , २०७३ सालको होलिका दिन बानेश्वरमा आयोजन भएको जय होली कार्यक्रमको दोश्रो संस्करण हो ।

यस कार्यक्रममा राष्ट्रिय स्तरका गायकहरुको प्रस्तुती रहने छ ।चर्चित गायक अभिनास घिसिङ , भरत सितौला, कमल के क्षत्री ,रबि मल्ल लगाएतका गायकहरुले कार्यक्रममा प्रस्तुती दिने छन् भने कार्यक्रमको उद्घोषन रोशन लामाले गर्ने छन् ।

देशका मौलिक सम्पती र चाडपर्वको अवस्तित्व कता कता ओझेलमा पर्न लागेको बेला, देशको संस्कृती र परम्परा उजागर गर्न यश कार्यक्रम आयोजना गर्न लागिएको के.ई.ई अर्गनाईजर्सका प्रबन्ध निर्देशक कल्याण बिक्रम आचार्यले जानकारी गराएका हुन ।

५ बर्ष अगाडि

प्रतिक्रिया