नयाँबसपार्कमा खुल्यो ‘टिपिकल नेपाली चुलो’, के–के छन् विशेषता ?

५ बर्ष अगाडि

काठमाडौं – नयाँबसपार्कको दिपज्योती मार्गमा नयाँ व्यवस्थापनका साथ ‘टिपिकल नेपाली चुलो’ नामक सुविधासम्पन्न रेष्टुरेन्ट सञ्चालनमा आएको छ । 

बसपार्कमा आउने यात्रु र चालकहरुलाई केन्द्रीत गरी पारिवारिक वातावरणमा उक्त रेष्टुरेन्ट सञ्चालनमा ल्याइएको सो सञ्चालक दिपक विश्वकर्माले जानकारी दिए । 

दिनभरको भागदौड र मानसिक थकान मेटाउनको लागि साँझ उपयुक्त गन्तव्यको खोजीमा रहने उपभोक्तालाई खानपानसँगै मानसिक सन्तुष्टी समेत दिलाउने उनको भनाई छ । स्वादिलो परिकारसँगै मदिरापानको स्वाद लिएका ग्राहकलाई यो रेष्टुरेन्टले अपेक्षा पुरा गर्ने सञ्चालकको दाबी छ ।

खेलकुद हेर्दै रेष्टुरेन्टमा रमाइलो गर्न चाहने उपभोक्तालाई लक्षित गरेर यो रेष्टुरेन्ट खुलेको हो । रेष्टुरेन्टमा करिब १५० जना राम्रोसँग बसेर रमाइलो गर्नसक्ने क्षमता रहेको र पार्किङको पनि राम्रो व्यवस्था रहेको रेष्टुरेन्टका अर्का सञ्चालक मिलन रम्तेलले बताए । 

रेष्टुरेन्टमा स्वच्छ, सफा, ताजा तथा गुणस्तरीय खानाका लागि अनुभवि कुक्स तथा वेटर रहेका छन् । रेष्टुरेन्टमा दिपक विश्वकर्मा, इन्द्रमणी न्यौपाने र दिपक रम्तेलको लगानी रहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया