सचिनकी प्रेमिका बनिन् स्वस्तिमा

६ बर्ष अगाडि


काठमाडौं – अभिनेत्री स्वस्तिमा खड्का मोडल सचिन अधिकारीका प्रेमिका बनेकी छन् । रियल लाइफमा निर्देशक निश्चल बस्नेतसँग लगनगाँठो कसेकी स्वस्तिमाले रिल लाइमा सचिनको प्रेमिकाको भुमिका निर्बाह गरेकी हुन् । 
आधुनिक पप विधामा स्थान बनाईरहेका गायक टेकन दाहालको स्वरमा रहेको नयाँ गीत ‘तिमीबाट’को भिडियोमा स्वस्तिमा र सचिनको अभिनय देख्न सकिन्छ । गीतमा शब्द तथा संगीत कमल खत्रीको रहेको छ ।
विकास सुवेदीले निर्देशन गरेको भिडियो मार्फत सचिनले मोडलिङमा डेब्यु गरेका हुन् । गीतले प्रेमी–प्रेमिकाको अञ्जानको गल्तीले निम्त्याएको घटनाको बयान गरेको छ । भिडियोको छायांकन अनिल के मानन्धरले गरेका हुन् भने सुप्रिम पराजुली यसको सम्पादक रहेका छन् ।

https://www.youtube.com/watch?v=XgvlBNVw1nY&feature=youtu.be

 

६ बर्ष अगाडि

प्रतिक्रिया