सलमानको जेल यात्रा तय, यस्तो आयो फैसला

५ बर्ष अगाडि
 


मुम्बई–बीस वर्ष पुरानो कालो हरिण मारेको मुद्दामा जोधपुर अदालतले सलमान खानलाई दोषी भएको फैसला गरेको छ । यसका लागि उनलाई दुई वर्षको जेल सजाय सुनाइन सक्छ ।
यो मुद्दाका सह–आरोपी रहेका सैफ अलि खान, तब्बु, सोनाली र नीलमलाई भने शंकाको लाभको आधारमा दोष मुक्त गरिएको छ । मुद्दाको पेशीको लागि सबै आरोपीहरु बुधबार जोधपुर गएका थिए ।
यो ममला १९९८ सेप्टेम्बर–अक्टुबरको हो । त्यो समयमा यी सबै ‘हम साथ– साथ हैं’ को शुटिङ्गको सिलसिलामा राजस्थानमा थिए । सलमान खान र उनका साथीहरुलाई दुई मृग र तीन कालो हरिण मारेको आरोप रहेको छ ।
सलमान खानमाथि हतियार ऐनसँग जोडिएको मुद्दा पनि दर्ता छ ।
१ अक्टोबर १९९८ को रात यी बलिउड कलाकारहरुले कांकाण्ीमा संरक्षित प्राणी मानिने दुई कालो हरिणको शिकार गरेका थिए । गोलीको आवाज सुनेपछि गाउलेहरुले उनीहरुको पिछा गरेका थिए । पिछा गरेका गाउलेहरुले उनीहरुलाई देखे र बेवारिसे फालिएको हरिणको लास वन विभागलाई बुझाएका थिए । यो घटनामा सलमान गोली चलाउने आरोप रहेको छ ।
सलमान खानलाई सोही समयमा अन्य दुई शिकारको पनि मुद्दा परेको थियो । बाँकी दुवै घटनामा शिकार गरेको प्रत्यक्ष देखेको भनिएका हरिश दुलानीले अदालतमा आफ्नो बयान फेरेका थिए । उनले सलमान र बाँकी कलाकारलाई पहिले कहिले नभेटेको बताएका थिए । त्यो घटनाको मुद्दा कमजोर हुनुमा शिकार गरिएको हरिणको लास नभेटिनु पनि थियो ।
यो घटनामा सलमान खानमाथि कुल चार मुद्दा थियो । तीन वटा संरक्षित जनावर मारेको र एक लाइसेन्स नभएको हतियार राखेको । त्यो समय सलमान खानको कोठामा उनको नीजि पिस्तोल र राइफल भेटिएको थियो जसको लाइसेन्सको म्याद सकिएको थियो ।
हरिण मरेको केही समय पछि पुगेको गाउलेहरुले गोली सलमान खानले चलाएको र त्यो समय गाडीमा सैफ अलि खान, नीलम, सोनाली र तब्बु भएको बताएका थिए । गाउले आएपछि सलमान खानले हरिणलाई त्यहीं छाडेर हिडेका थिए ।
सलमान खानलाई गोली हान्न उक्साएको आरोप लागेका बाँकी चारलाई भने प्रमाण नपुगेको भनेर दोष मुक्त गरिएको हो ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया