लभ स्टेशनको ट्रेलरमा प्रदीप जसिताको यस्तो प्रेम वियोग

ajaako_artha

काठमाडौं-चलचित्र लिली बिलीबाट निकै रुचाईएका जोडी अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङको नयाँ चलचित्र लभ स्टेशन आगामी २२ चैतबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । चलचित्र लभ स्टेशनको ट्रेलर मँगलबार काठमाडौंको क्युज सिनेमा हलमा एक समारोहबीच सार्वजनिक गरिएको छ ।

ट्रेलर अनुसार यो चलचित्रमा अभिनेता प्रदीप खडका र अभिनेत्री जसिता गुरुङको प्रेम सम्बन्धमा अर्का अभिनेता प्रकाश शाह बाधक बनेका छन् । जसिता र प्रकाश बीचको विवाहको तयारी पनि ट्रेलरमा देखाईएको छ । तर विवाहसँगै प्रदीप र जसिताको प्रेमले कुन रुप लिन्छ, त्यो बुझ्न भने फिल्ममै हेर्नु पर्नेछ ।

फिल्ममा कुनै पात्र लामो समयदेखि हराएको र अभिनेता प्रदीप खड्का त्यो पात्रको खोजीमा रहेको पनि ट्रेलरमा देखाईएको छ । अहिले लभ स्टेशनको ट्रेलरले दर्शकदेखि सञ्चारकर्मीसम्मबाट समेत प्रसँसा पाएको छ । यससाई बुढासुब्बा डिजिटलबाट रिलिज गरिएको छ । ट्रेलरलाई साहिल खानले काटेका हुन् ।

अभिनेता प्रदीप खड्काले अग्रज निर्देशक उज्ज्वल घिमिरेसँग काम गर्न पाउँदा धेरैकुरा सिक्न पाएकोे बताएका छन् । आफु र जसिताले पनि यसपटक लभ स्टेशनमा त्यतिकै राम्रो काम गरेको यी अभिनेताले जिकिर गरेका छन् ।

यस पटक चलचित्र लभ स्टेशनमा आफैंले स्वराँकन गरेकी जसिताले पनि चलचित्र लभ स्टेशनसम्म आईपुग्दा आफ्नो काम अझ परिपक्क भएको प्रतिक्रिया पाएको बताएकी छिन् । आफु यो फिल्मबाट थप उत्साहित भएको र आउँदा दिनमा प्रदीपसँगै अरु अभिनेताहरुसँग समेत काम गर्न इच्छुक रहेको यी अभिनेत्रीले बताएकी छिन् ।

यही चलचित्रबाट खल भूमिकामा डेब्यु गरेका प्रकाश शाहले पनि राम्रो  टिम पाएका कारण लभ स्टेशनमा आफुले खुलेर काम गर्न पाएको अुनभव सो कार्यक्रममा सुनाए । अग्रज अभिनेता रमेश बुढाथोकीले पनि फिल्ममा अभिनेता प्रदीप र अभिनेत्री जसिताको कामको प्रसँसा गर्दै समग्र टिमले यसमा राम्रो काम गर्न सकेका छौं भने ।

लभ स्टेशनका निर्देशक उज्ज्वल घिमिरेले नयाँ पुस्तालाई लक्षित गरेर आफुहरुले समकालिन पुस्ताका लागि फिल्म तयार गरेको बताए । प्रदीप र जसितासँग काम गर्दा यी दुई कलाकारले आफुलाई पूर्ण साथ निकै रमाईलोसँग सुटिङसम्पन्न भएको बताए ।

बरिष्ट सँगीतकार शम्भुजीत बासकोटाले त बलिउडका उत्कृष्ट लभ स्टोरी फिल्मकै लेवलको चलचित्र लभ स्टेशन बनेको बताए । उनले यो फिल्म हिट हुने सिमेत दाबी गरे ।

यो चलचित्रका प्रस्तुतकर्ता गोविन्द शाहीले आफ्नो होम प्रोडक्सन काफिया फिम्सले लभ स्टेशनलाई राम्रो बनाउन कुनै कम्प्रमाईज नगरेको बताए ।

यो चलचित्रमा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय यसमा छ ।

लभ स्टेशनलाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् । आलोक शुक्लाको छायाँकन रहेको लभ स्टेशनमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ ।

यसमा लोकेश बज्राचार्य र अर्जुन जिसीको सम्पादन, एलिस राईको पाश्र्व संगीत, शिशिर खातीको नृत्य निर्देशन, कुमार महर्जनको द्धन्द्ध निर्देशन, राजेन्द्र रावलको निर्माण व्यबस्थापन रहेको छ । फिल्मलाई निर्देशक घिमिरे र सुवाससिंह बस्न्यातले लेखेका हुन् ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१०२.२०१०२.८०
European Euro१२७.३५१२८.१०
UK Pound Sterling१४४.३३१४५.१७
Swiss Franc१०९.७४११०.३८
Australian Dollar८१.०३८१.५०
Canadian Dollar८२.२६८२.७५
Singapore Dollar७७.४५७७.९१