गाउँलेलाई बन्दुक देखाएर भागेका थिए सलमान खान

६ बर्ष अगाडि

 मुम्बई– कालो हरिणको शिकार गरेपछि अभिनेता सलमान खान गाउँलेलाई बन्दुक देखाउँदै भागेका थिए । भारतीय अखबार हिन्दुस्तान टाइम्समा छापिएको समाचारअनुसार हरिण मारेपछि जब सलमान भाग्न लागेका थिए, केहि गाउँले हिम्मतका साथ उनको पीछा लागेका थिए ।

तर, उनलाई गाउँले फेला पारी घेराउ गर्न थालेपछि बन्दुक देखाएर भाग्न सफल भएका थिए । २० वर्षअघि गाउँलेले सलमानलाई नियन्त्रणमा लिन नपाएपनि हाल आएर अदालतले ५ वर्षको सजाय सुनाइसकेको छ ।

बिहिबारको जोधपुरको चीफ ज्युडिशियल मजिस्ट्रेट (सीजेएम) को अदालतले खानलाई दोषी करार गर्दै ५ वर्षको सजाय सुनाएको हो । उनलाई अदालतले १० हजार रुपैयाँ जरिवाना समेत तोकेको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया