चैतको अन्तिम सातादेखि माथिल्लो त्रिशूली थ्री ए को विजुली बल्ने

५ बर्ष अगाडि

काठमाडौं – आगामी चैतको अन्तिम सातादेखि ६० मेगावाटको माथिल्लो त्रिशूली थ्रि ‘ए’ जलविद्युत आयोजनाको परीक्षण सुरु हुने भएको छ । यो आयोजना नेपाल विद्युत प्राधिकरणले बनाइरहेको छ । यो आयोजना निर्माणको काम लगभग सकिएको प्राधिकरणले जनाएको छ ।

चैतको सुरुआतबाट आयोजनाको भौतिक संरचनाको परीक्षणको काम थाल्न लागिएको हो । यो आयोजना रसुवा र नुवाकोटको सीमा क्षेत्रमा बन्दैछ ।

‘ड्राई टेस्ट’ र ‘वेट टेस्ट’ गरेपछि मात्रै आयोजनालाई बैशाखबाट व्यवसायिक उत्पादनमा जोडिनेछ । चैतबाट भने विभिन्न भौतिक संरचनाको गुणस्तर परीक्षण हुनेछ । यो आयोजनाको बिजुली मातातीर्थ हुँदै काठमाडौंमा ल्याइने छ ।

विभिन्न कारण्बाट यो आयोजना निर्माणका पनि ढिलाइ भएको थियो । पटक(पटक म्याद थपिएको यो आयोजना बल्ल उत्पादनमा जान सक्ने गरी तयार भएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया