बुध्द एयरको कोलकोता उडान जेठ १३ देखि

५ बर्ष अगाडि

निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी बुध्द एयरले कोलकाता उडान जेठ १३ देखि मात्रै गर्ने भएको छ । यसअघि उसले वैशाख २ गतेदेखि कोलकाता उडान गर्ने भनेको थियो । आज जारी प्रेस विज्ञप्तिमा यसो हुनुको मुख्य कारण त्यसै समयमा भारतमा लोकसभा निर्वाचन हुनु हो ।

कोलकोता उडान एटिआर ७२–५०० जहाजले साताको नियमित ३ उडान भर्नेछ । निर्वाचनले उडान मिति परिवर्तन भएपनि उडान समय तालिकाभने परिवर्तन नभएको कम्पनीले जनाएको छ । उडान हरेक साताको सोमबार, बुधबार र शुक्रबार हुने जनाएको छ ।

लोकसभा निर्वाचन भारतमा यही अप्रिल ११ देखि मे १९ सात चरणमा सञ्चालन हुनेछ ।

भारतीय यात्रुहरुको लागि बुध्द एयरको भगीनी संस्था बुध्द होलिडेजले विभिन्न धार्मिक तथा पर्यटकीय प्याकेजहरु पनि सञ्चालन गर्नेछ । यसका लागि भारतमा डिजिटलका साथै अन्य माध्यमबाट पनि प्रचार प्रसार गरिरहेको छ । यसैगरि नेपाली यात्रुहरुका लागि पनि कोलकाता टुर प्याकेज, गंगासागर तथा जग्गनाथपुरी दर्शन प्याकेज ल्याएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया