विप्लवमाथिको प्रतिबन्ध लगत्तै प्रचण्ड निवासमा गोप्य बैठक

५ बर्ष अगाडि

काठमाडौँ – नेत्र बिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमाथि सरकारले प्रतिवन्ध लगाएलगत्तै नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा गोप्य बैठक बसेको छ ।

बैठकमा नेकपा अध्यक्ष दाहाल, बरिष्ठ नेता माधब नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ सहभागी थिए । बिहान आठ बजे बसेको बैठक एक घण्टा चलेको नेकपाका एक नेताले बताए  ।

विप्लव नेतृत्वको पार्टीमाथि प्रतिवन्ध लगाएपछि अव कस्तो रणनीति अपनाउने भन्ने बिषयमा नेताहरुवीच छलफल भएको ति नेताले बताए । उनका अनुसार बिप्लवका तर्फबाट हुनसक्ने सम्भावित हिंसात्मक राजनीतिका बिषयमा नेताहरुवीच छलफल भएको छ ।

मन्त्रीपरिषद बैठकले प्रतिवन्ध लगाएलगत्तै पार्टी सचिवालय सदस्यसमेत रहेका गृहमन्त्री राम बहादुर थापा भने अष्ट्रिया प्रस्थान गरिसकेका छन् ।

मंगलवार बसेको मन्त्रीपरिषद बैठकले विप्लवमाथि प्रतिवन्ध लगाएको थियो । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया