पाइन्ट नलाइकन यसरी हिँडे युवा युवती (फोटोफिचर सहित)

५ बर्ष अगाडि

काठमाडौं – जनवरी १३ तारेखमा विश्वका विभिन्न सहरमा पाइन्ट नलगाउने दिवस मनाइएको छ । नो प्यान्ट डे का दिनमा सयौँको संख्यामा महिला तथा पुरुषहरु मेट्रो रेलमा पाइन्ट नलगाइकन यात्रा गरे ।

न्युयोर्क, लण्डन, बर्लिन, प्राग लगायत विश्वका विभिन्न देशमा ‘नो प्यान्ट डे’ मनाइएको छ । ती सहरका मेट्रो रेलहरुमा पाइन्ट नलगाएका मानिसहरु प्रसस्तै देखिए ।

लण्डनमा उयौँ संख्यामा मानिसहरु यो दिवसमा भाग लिए । सार्वजनिक सवारी साधनमा यात्राका दौरान केवल कट्टु मात्र लगायतका धेरै मानिस देखिए । पाइन्ट नलगाएका मानिसहरु नेशनल ग्यालरी नजिकै जम्मा भएका थिए ।

ने प्यान्ट दिवस पहिलोपटक सन् २००२ मा अमेरिकाको न्युयोर्कबाट सुरु भएको थियो । यो पटकको दिवस १७ औँ हो । त्यसपछि समयक्रम सँगै यो चलन युरोपका विभिन्न देशमा मनाउन थालियो ।

दिवसको उद्देश्य मानिसहरुलाई हँसाउनु थियो । पाइन्ट फुकाल्ने दिवसमा हरेक उमेरका मानिसहरु समावेश हुन सक्दछन् ।

मेट्रो रेल नभएका सहरहरुमा बस तथा अन्य सवारी साधनहरुमा पनि पाइन्ट नलगाएका महिला पुरुषहरु यात्रा गर्ने गर्दछन् ।

 

हेरौँ केही तस्वीरहरु

एजेन्सी

५ बर्ष अगाडि

प्रतिक्रिया