सरकारले विप्लवलाई अन्तिम मौका दिनुपथ्र्यो : बाबुराम भट्टराई

५ बर्ष अगाडि

काठमाडौँ – नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिबन्ध लगाउने सरकारको निर्णय संगतिपूर्ण नरहेको टिप्पणी गरेका छन् ।

बुधबार नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै  भट्टराईले नेत्रविक्रम चन्द नेतृत्वको नेकपा उग्र वामपन्थी राजनीतिक शक्ति भएकाले उनीहरुलाई सुधारका लागि सरकारले अन्तिम मौका दिनुपर्ने भन्दै प्रतिबन्ध लगाउने निर्णय लिनु ठिक नभएको प्रष्ट पारे । 

एउटा उग्रवामपन्थी बिद्रोहको बाटो लिएर हिडेको पार्टीलाई एकैचोटी सरकारले प्रतिवन्ध लगाउनु नहुने भन्दै भट्टराईले भने, सरकारले विप्लवको कमिकमजोरी र गल्तीबारे जनतालाई बुझाएर जानुपथ्र्याे अनी मात्र बल प्रयोग गर्नुपथ्र्याे एकैचोटी प्रतिवन्ध लगाइयो । यो चै सरकारको ठिक दिशातिर गएको देखिदैन  । 

राष्ट्रिय जनता पार्टी, नेपालका सांसद रेशम चौधरीलाई जन्म कैद दिने अदालतको निर्णयप्रति पनि असन्तुष्टि जनाउदै भट्टराईले राष्ट्र विखण्डनमा लागि परेको सीके राउतसँग सहमति गरेको सरकारले चन्द नेतृत्वको नेकपालाई एकैचोटी प्रतिबन्ध लगाउने निर्णय लिनु संगतिपूर्ण नभएको बताए ।

५ बर्ष अगाडि

प्रतिक्रिया