मध्यरातमा के भयो फेसबुक ?

५ बर्ष अगाडि

काठमाडौं – नेपाली समय अनुसार बुधबार राती १० बजेपछि सामाजिक सञ्जाल फेसबुकमा एक प्रकारको समस्या देखा पर्यो । फेसबुक खुलेपनि कुने पनि सामग्री प्रकाशित नहुने र कुनै पनि सामग्री नदेखिने समस्याका कारण धेरैले सास्ती व्योहोरे ।

पछिल्लो समय मानिसको दैनिक जीवनको एक अभिन्न अंग जस्तै बनीसकेको सामाजिक सञ्जालमा देखिएको त्यस्तो समस्या के हो भन्ने बारेमा फेसबुकको व्यवस्थापनले हालसम्म आधिकारिक जानकारी दिएको छैन ।

फेसबुकका सेवाहरूमा विश्वभर अवरोधहरु देखा परेका छन्। ती खराबी फेसबुकले हालसम्म बेहोरेको मध्येकै सबभन्दा खराब रहेको बिबिसीले जनाएको छ । नेपाली समय अनुसार बुधवार राति १० बजे आसपासबाट त्यस्तो समस्या देखिन थालेको भन्दै धेरैले फेसबुकलाई जानकारी गराएका थिए ।

फेसबुक बाहेक म्यासेन्जर र इन्स्टाग्राममा समेत अवरोधहरु देखिएका थिए जसको कारण भने अहिलेसम्म केही सार्वजनिक नगरिएको बिबिसीले जनाएको छ । फेसबुकको पेज खुलेपनि  खुले पनि त्यसमा सामग्री प्रकाशित हुन नसकेको र त्यसबाट कुनै पनि जानकारी पाउन नसकिएको बताइएको छ ।  म्यासेन्जरको मोबाइल एपले कतै कतै काम गरेको छ तर उसको डेस्कटप संस्करणमा भने समस्या देखिएको छ। ह्वाट्सएपमा यसको असर नदेखिएको जनाइएको छ ।

फेसबुकका विभिन्न एपहरूमा कतिपय मानिसले पहुँच पाउन नसकिरहेको बारे हामीलाई जानकारी छ। हामी ती समस्या छिटै समाधान गर्न प्रयास गरिरहेका छौँ – फेसबुकले एक विज्ञप्तिमार्फत सामान्य जानकारी मात्रै दिएको छ ।

अन्य सामाजिक सञ्जालहरूमा फैलिएको हल्ला गलत भएको भन्दै डिडिओएस नामक एक किसिमको साइबर हमलाका कारण फेसबुकका सेवामा अवरोध नआएको उसले प्रष्ट पारेको छ ।  अवरोध निगरानी गर्नेहरूका अनुसार फेसबुकमा समस्या विश्वभर नै देखिएको हो ।

बिबिसीकाअनुसार यस अघि पनि सन् २००८ मा यस्तो सेवा अवरोध भएको थियो । सो समयमा विश्वभर उसका प्रयोगकर्ता केवल १५ करोड मात्रै थिए । हाल सो संख्या २ अर्ब ३०  करोड प्रयोगकर्ता पुगिसकेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया